काठमाडौ । अनसनरत प्रा डा गोविन्द केसीलाई आईसीयूबाट जनरल वार्डमा सारिएको छ। इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा राखिएका डा केसीलाई आज जनरल वार्डमा सारिएको हो।
अनसनरत डा केसीले आफ्ना कारण सर्वसाधारणलाई आईसीयू बेड अभाव नहोस् भनेर जनरल वार्डमा सार्न आग्रह गरेका थिए। डा केसीकै आग्रहमा उनलाई आईसीयूबाट जनरल वार्डमा दिउँसो तीन बजे सारिएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
डा केसी आफूसँग गरिएका सहमति विपरित प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले संसदमा चिकित्सा शिक्षा विधेयकमा पेश गरेको भन्दै पुस २५ गतेदेखि अनसनमा बसेका छन्।
इलाममा पुगेर अनसन थालेका डा। केसीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा राखिएको छ।
प्रकाशित मितिः २०७५ माघ ६ आइतबार
Comments