काठमाडौं । ८ महिनादेखि तलब नपाएका त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरूले आजदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका छन् । उनीहरूले अनिश्चितकालिन हडताल शुरू गरेका हुन् ।
तलब नपाएसम्म हडताल जारी रहने उनीहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयले रकम निकाशा नगर्दा आफूहरूले तलब पाउन नसकेको उनीहरुको भनाइ छ ।
रेसिडेन्टहरूको मासिक करिव ३४ हजार रूपैयाँ पाउछन् । शिक्षण अस्पतालमा करिव १ सय ८० रेसिडेन्ट चिकित्सक छन् ।
प्रकाशित मितिः २०७५ पुष २६ बिहिबार
Comments