कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका १ युवकले आफ्नी पत्नीलाई पठाइदिएको भन्दै बुवा र ठूलाबाको हत्या गरेका छन् ।
बलिया गाउँका जहरसिंह चौधरीले बुवा चंख थारु र ठूलोबुवा पल्टु थारुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आमा दिलबाहादीदेवी चौधरी घाइते भएकी छन् । टाउको र बायाँ कानमा चोट लागेकी उनको लालरत्न अस्पताल लम्की मै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
आफूलाई नसोधी श्रीमतीलाई माइत पठाएको भन्दै जहरसिंहले बुवा, ठुलोबुवा र आमालाई घरभित्रै थुनेर कुटपिट गरेका थिए ।
मृतकहरुको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ ।
तर अझै घटनाबारे सत्यतथ्य खुल्न बाँकी रहेको जनाइएको छ । जहरसिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रकाशित मितिः २०७५ मंसिर २१ शुक्रबार
Comments