भक्तपुरः भक्तपुरबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका–४ हलचापका धुर्व श्रेष्ठले आफ्नै घरमा पार्किङ गरि राखेको बा ९६ प १७७० नं. को मोटरसाइकल चोरी गरेको आरोपमा रौतहट गुजरा नगरपालिका–४ कनकपुरका १९ वर्षीय शेख समसुद्दिन र सोही ठाउँका २३ वर्षीय सेख नयाजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले आफ्नो मोटरसाइकल हराएको भनि दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा उनीहरुलाई मंगलबार रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट महानगरीय प्रहरी परिसर भक्तपुर र ईलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटको टोलीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिए ।
पक्राउ परेका दुवैमाथि चोरीसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर २० बिहिबार
Comments