बाँके । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र हर्न निषेधित क्षेत्र घोषणा भएको छ । प्रहरीले नेपालगञ्ज उपमहानगरभित्र ध्वनि प्रदूषण नियन्त्रण गर्न हर्न बजाउन निषेध गरेको हो ।
‘नो हर्न’ अभियानअन्तर्गत आजदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हर्न बजाउन नपाइने भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायका अनुसार नेपालगञ्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउने लक्ष्यअनुसार सवारी साधनमा जडान भएको ‘हर्न’ उपमहानगर क्षेत्रमा बजाउन प्रतिबन्ध लगाइएको छ ।
यस मंसिर महिनाभर ‘नो हर्न’ अभियान सफल पार्न ब्यापक प्रचारप्रसार गरिने छ । यसका लागि नेपालगञ्ज प्रवेश गर्ने नाकामा होर्डिङ बोर्ड राखिने, यातायात समिति, व्यवसायीलगायत सरकारी निकायसँग छलफल गरिएको र नगरलाई हर्न निषेधित क्षेत्र बनाउन अन्य कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस अभियान शुरु भएसँगै अब सवारी साधनले हर्न बजाए रु एक हजार ५ सय जरिवाना गरिनेछ ।
प्रकाशित मितिः २०७५ मंसिर १ शनिबार
Comments