बाँके । कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको मृत्यु भएको छ।
कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई हिजो राति पौने ८ बजे कोहलपुरको विद्युत रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा घाइते भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ।
भे १ च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे २ प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते भएका छन् । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित मितिः २०७५ कार्तिक २९ बिहिबार
Comments