काठमाडौं । दाङबाट काठमाडौंका लागि हिँडेको यात्रुबाहक बस नवलपुरमा दुर्घटना भएको छ । राप्ती सेवा यातायात प्रालिको ना६ख ६३०१ नम्बरको बस आज बिहान करिब साढे ३ बजेतिर दुर्घटना भएको हो ।
बस नवलपुरको कावासोतीमा दुर्घटनाग्रस्त हुँदा १६ जना यात्रु घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइतेमध्ये २ जना सिकिस्त छन् । उनीहरूलाई उपचारनिम्ति भरतपुर अस्पताल पठाइएको छ ।
बाँकी १४ जना घाइतेको कालीगण्डकी अस्पताल कावासोतीमै उपचार चलिरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बस तीब्र गतिमा रहेकाले अनियन्त्रित भई सडक किनारमा पल्टिएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २९ बिहिबार
Comments