भक्तपुर । विगत ७ वर्षदेखि भक्तपुरको कमलविनायक पोखरीमा हर्षोउल्लासका साथ छठ पर्व मनाउने गरिएको छ ।
बिशेषत तराई क्षेत्रमा धुमधामका साथ मनाईने यो पर्व हाल सूर्यको पूजा आराधना गरी भक्तपुरमा पनि मनाईरहेका छन् । सूर्य भगवानलाई अर्घ दिन भक्तपुरको कमलबिनायकमा १५० जना ब्रतालुहरु पोखरीको जलाशयको किनारमा बिहानैदेखि पूजाका सामग्रीहरु लिएर अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गर्न बसेका थिए ।
छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।
आज अस्ताउँदो सूर्य र भोलि सप्तमीका दिन उदाउँदो सूर्यको अर्घ दिएपछि बिधिवत रुपमा छठ पर्व समापन हुने छ । छठ पर्वको मूल विधि चतुर्थीदेखि सुरु भएर षष्ठीको दिन अस्ताउँदै गरेको सूर्य र सप्तमीको दिन बिहान उँदाउदै गरेको सूर्यको अर्घ दिइन्छ र समापन गरिन्छ ।
प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार
Comments