अछाम । अछाममा भीरबाट खसेर एक १६ वर्षीया किशोरीको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मिनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट खर काट्न गएकी चेतना शनिबार दिउँसो १ बजे वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेकी उनको घटनास्थलमै मृत्यु भएको परिवारले जनाएको छ । भीरबाट खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनीसँगै उनकी आमा र भाउजु पनि घाँस काटन गएका थिए ।
प्रकाशित मितिः २०७५ कार्तिक २५ आइतबार
Comments