कैलाली । हिजो बेलुका मोहन्याल गाउँपालिका–७, चिसापानी घुम्न गएकामध्ये २ जना डुंगा पल्टिँदा हराएकाहरुको खोजी कार्य आज बिहानै बाट शुरु गरिएको छ । हराउनेमा कैलालीको जोशीपुर गाउँपालिका–२ का पुरुषोत्तम चौधरी र समीर बडेला रहेका छन् । डुंगामा ५ जना सवार रहेकोमा ३ जनाको अघिल्लै दिन उद्धार गरिएको थियो ।
डुंगा पल्टिँदा घाइते भएका चालक प्रकाश विष्ट भने सामान्य उपचारपछि घर फर्किसकेका छन् । हिजो प्रहरीले रातिसम्म खोजी गरे पनि बेपत्ता व्यक्ति फेला पार्न सकेको थिएन ।
प्रकाशित मितिः २०७५ असोज ३० मंगलबार
Comments