भक्तपुर । भक्तपुरमा दशैंको रौनकताले छोएसँगै दशैंमा हुने ब्यापार बढेको छ । दशैंको समया सबै भन्दा बढी मासुको ब्यापार हुने गर्दछ । जस मध्य खसी, च्याँग्रा , बोका, कुखुरा, हाँस, राँगो लगाएतको ब्यापार ह्वातै बढेको छ । भक्तपुरको सल्लाघारी स्थित ९९ रोपनी चौरमा खसी, बोका र च्याँग्राको बिक्रि भईरहेको छ । यो चौरमा च्याँग्रा झन्डै ४ हजारको हाराहारीमा र खसी बोका दुई हजारको हाराहारीमा बिक्रि हुने गर्दछ । त्यस्तै सो चौरमा उपभोक्ताको माग बढेसँगै मूल्य समेत आकाशिएको छ ।
भक्तपुरको नगर स्थित टौमढीमा हाँस र कुखुराको ब्यापार ह्वातै बढेको छ । बिगतको बर्षहरुमा भन्दा यो बर्ष हाँस कुखुरको माग बढेसँगै प्रति कुखुरा न्यूनतमचा पन्ध्र सय सम्ममा बिक्रि भएको छ भने हाँसको पनि मूल्य बिगतको बर्षमा भन्दा महँगो रहेको ब्यापारीहरु बताउँछन् । यस क्षेत्रमा खसी बोकाको बिक्रि पनि गए बर्ष भन्दा अधिक रहेको खसी बोका बिक्रिका लागि आएका ब्यापारिहरु बताउँछन् । बिगतको बर्षहरु भन्दा यो बर्ष खसी बोकाको मूल्य पनि बढेको छ ।
त्यस्तै भक्तपुरको महेश्वरीमा हरेक बर्ष झै यो बर्ष पनि नेपालका बिभिन्न जिल्लाबाट राँगोहरु भित्रि सकेका छन् । नेवारी समुदायमा गुठि भ्वय लागि आवश्यक पर्ने राँगोको बिक्रि पनि ह्वातै बढेको छ । यस्तै तलेजु मन्दिरमा राँगोको बली दिने प्रचलन रहेको छ भने नवदुर्गा देवगृहबाट खमे जात्रा गरि ब्रहमायणीमा लगि राँगोको बली दिने परम्परा रहेको छ ।
भक्तपुरमा बिशेष गरि फुलपाती देखि नै बली दिने परम्परा रहेको छ । जसकारण मासु जन्य बस्तुको बिक्रि ह्वातै बढेको छ ।
त्यस्तै दशैंको समयमा नयाँ लत्ता कपडा खरिद गर्ने परम्पराले यो बर्ष पनि निरन्तरता पाएको छ । भक्तपुरका बिभिन्न स्थानहरुमा खुलेका लत्ता कपडा पसलहरुमा उपभोक्ताहरुको अन्य समयमा भन्दा निकै चाप बढेको छ । भक्तपुरको सुकुल ढोका, नासमना, तौमढी क्षत्रे, कमल बिनयाक, सूर्यबिनायक, राम मन्दिर, दत्रात्रय , थिमि, कौशलटार लगाएतका स्थानहरुमा उपाभोक्ताको चाप अन्य समयम भन्दा अधिक रहेको छ ।
त्यस्तै साहकारी भोजन गर्ने उपभोक्ताहरुले पनि दशैका लागि आवश्यक सामाग्री खरिदमा ब्यस्त रहेका छन् । जसकारण तरकारी र फलफूल बजारमा समेत उपभोक्ताको चाप बढेको छ । त्यस्तै पर्बका समयमा आवश्यक पर्ने मरमसला खरिद गर्ने पसलहरुमा समेत चाप बढेको छ ।
प्रकाशित मितिः २०७५ असोज २९ सोमबार
Comments