लहान । सिराहाको लहानबाट अज्ञात समूहले एक डाक्टरलाई अपहरण गरेर लगेका छन् । हिजो साँझ बजार घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा सुभाष यादवलाई चार जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले अपहरण गरी लगेको प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौंडास्थित सहकारी अस्पतालमा कार्यरत डा। यादव पछिल्लो एक महिनायता लहानस्थित ससुराली घरमा बस्दै आएका थिए । उनलाई कसले र किन अपहरण गरेको हो भन्नेबारे खुल्न सकेको छैन भने उक्त घटनाका बारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रकाशित मितिः २०७५ असोज १० बुधबार
Comments