भक्तपुर । येया पून्हीको अवसरमा मध्यपुरको दिगु भैरव टोलमा आज जिब्रो छेडिँदै छ ।प्रत्यक बर्ष इन्द्र जात्रको भोली पल्ट साँझको समयमा मध्यपुरको दिगु भैरव स्थित वडा नं ५ मा जिब्रो छेड्ने परम्परा रहेको छ । परम्परालाई निरन्तरता दिन यस बर्ष बालकराम नानि श्र्रेष्ठले जिब्रो छेडाउने भएका छन् ।
जिब्रो छेड्ने जात्राको उचारण साथ मध्यपुर थिमी नगरलाई स्मरण गर्ने गरिन्छ । तर मध्यपुरमा बर्षको एक पटक मात्र नभएुर दुइ पटक जिब्रो छेड्ने प्रचलनका बारे कमैलाई थाहा छ । पहिलो पटक वैशाख २ गते बिस्का जात्राको दिन दिउँसो बोडेमा जिब्रो छेडिन्छ भने दोस्रो पटक इन्द्र जात्रा को भोलि पल्ट येयाँ पून्ही को दिन दिगू टोल अवस्थित प्रचण्ड भैरब मन्दिर नजिकै रहेको डबलीमा साँझको समयमा जिब्रो छडाउने परम्परा रहेको छ ।
यसरी बर्षको दुई पटक जिब्रो छेडाउने जात्राको धनी मध्यपुरमा स्थानीयहरुको मेलमिलाप नै जात्राको आकर्षणको पाटो रहेको स्थानीयहरु बताउँछन् ।
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments