काठमाडौं । नेपालमा दुर्लभ वन्यजन्तुका रूपमा रहेको बाघको संख्या झन्डै दोब्बरले बढेको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक वर्ष ०६६,०६७ बाघको संख्या जम्मा १ सय २१ रहेकोमा यो अहिले बढेर २ सय ३५ पुगेको विश्व वन्यजन्तु कोषले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
कोषले नेपालको बाघको संख्या उल्लेख्य रूपमा बढ्नुलाई ठूलो प्रगति मानेको छ । हालसम्म विश्वमा १३ देशमा मात्रै बाघ पाइएको छ । त्यसमा नेपाल धेरै बाघ पाइने देशमा पर्छ ।
यता, कोषले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग मिलेर १ हजार ७ सय माइल वनजंगल क्षेत्रभित्र रहेका बाघका ३ सय ८७ बाघको तस्बिरसमेत सार्वजनिक गरेको छ । यी तस्बिर बाघको संख्या गणना तथा अनुसन्धानक्रममा लिइएका हुन् ।
कोषले सन् २०१६ मा एक प्रतिवेदन सार्वजनिक गर्दा विश्वमा बाघ पाइने देशमध्ये भारतमा २ हजार २ सय २६ रहेको थियो । त्यसपछि रसियामा ४ सय ३३ र इन्डोनेसियामा ३ सय ७१ रहेको छ । तर, अब यही क्रम रहे नेपाल चाँडै धेरै बाघ भएको देशको सूचीमा उक्लिने अपेक्षा पनि कोषले गरेको छ
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments