कञ्चनपुर । कञ्चनपुरमा एक युवतीको शव फेला परेको छ । अन्दाजी २६ वर्षीया युवतीको शव लालझाडी गाउँपालिका–१ हिम्मतपुर जंगलमा फेला परेको हो । सोमबार साँझ स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खवर गरेका हुन्।
शवको पहिचान खुल्न नसकेकोको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शवलाई पोष्टमार्टका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको छ। यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments