काठमाडौं । हरेक बर्ष झै यो बर्ष पनि दशैंको समयमा घर जाने यात्रुहरुका लागि आज बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिँदै छ । ब्यवासायी र सरकार बिच भएको सम्झौता पश्चात अग्रिम टिकट बुकिङ खुलाको वातावारण तयारी भएको हो ।
केही ब्यवसायीले ब्वसायीकै अन्दोलनलाई साथ नदिएता पनि भाडाको बिषयलाई लिएर ब्यवसायीको आन्दोलनका अघि सरकार सहमति गर्न बाध्य बनेको थियो । यस अघि सरकारसँग टसल गरिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।
महासंघका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि आजबाट टिकट बुकिङ खुलाउने निर्णय गरिएको जनाएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।
नेपालीहरुको महान पर्वका समयमा सरकार र ब्यवासायीले देखाएको अग्रिम टिकट बुकिङले दशैका समयमा घर जाने यात्रुहरुका लागि भने खुशिको बिषय बनेको छ ।
प्रकाशित मितिः २०७५ असोज ९ मंगलबार
Comments