काठमाडौं । सार्वजनिक यातायातको भाडामा १० प्रतिशतले बृद्धि भएको छ । यातायात व्यवसायी र सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएका छन् ।
हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेपछि सरकार भाडा बढाउन सहमत भएको हो । आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।
यस्तै समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र २९ मंसिरसम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।
काशित मितिः २०७५ असोज ६ शनिबार
Comments