काठमाडौं । आफूलाई धोका दिएर अष्ट्रेलिया जान लागेको भन्दै एक युवकले डेटिङमा बोलाएर बिभत्स तरिकाले प्रेमिकाको हत्या गरेका छन् ।
मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा स्थानीय ३० वर्षिय दिनेश भट्टराईले २३ बर्षीया सिता घिमिरेको हत्या गरेका हुन् । चक्कुले हानेर उनले प्रेमिकाको हत्या गरेका हुन्। हत्यापछि भाग्ने क्रममा गाउँलेले उनलाई पक्राउ गरेका छन्।
मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार दुवैजना घुम्न जाने क्रममा बिहान विराटनगरबाट को १७ प १७२३ नम्बरको स्कुटरमा निस्किएका थिए । घुमघामकै क्रममा भट्टराईले धारिलो हतियार दाउ प्रहार गरि घिमिरेको हत्या गरेका हुन् ।
सीताको अष्ट्रेलियाको भिसा लागिसकेको थियो । उनलाई अष्ट्रेलिया नजान भट्टराईले दबाब दिदै आएका थिए ।
उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय बेलबारी लगि घटनाको अनुसन्धान सुरू भएको एसपी केसीले जानकारी दिए ।
प्रकाशित मितिः २०७५ भदौ १ शुक्रबार
Comments