काठमाडौं । आजदेखि लागू हुने मुलुकी अपराध सहिंताले पशुपक्षींलाई निर्दयी व्यवहार गर्नेलाई कारवाही गर्ने भएको छ । कुखुरा, हाँस तथा विभिन्न पशुपंक्षीलाई साइकल मोटरसाइकल जस्ता साधनमा झुण्ड्याएर निर्दयीपूर्वक ओसापोसार गर्ने कार्यमा संलग्नलाई तीन महिनासम्म कैद र पाँच हजार जरिवाना वा दुबै सजाय हुनसक्ने छ ।
संहिता ऐनको भाग २ को परिच्छेद २७ अर्थात अन्तिम परिच्छेदको दफा २ सय ९० मा यो व्यवस्था छ । यसैगरी कुनै पशुपंक्षीलाई हिर्काउने वा क्षमता भन्दा बढी भारी बोक्न लगाउन नपाउने उल्लेख छ । आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रुपमा छाड्न तथा अन्य कुनै किसिमबाट पनि निर्दयी वा क्रुर व्यवहार गर्न नपाइ ऐनमा उल्लेख छ ।
प्रकाशित मितिः २०७५ भदौ १ सुक्रबार
Comments