पाल्पा ४ साउन । पाल्पा प्रहरीले एक वडा सदस्यसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले तानसेन नगरपालिका वडा नम्बर ११ का वडा सदस्य चुराबहादुर गोदार, तानसेन ४ का कृष्ण थापा, गणेश कुँवर, तानसेन ३ का सुशील कुँवर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जीसीलाई पक्राउ हो ।
विशेष सुराकीका आधारमा तानसेनको सेन्चुरी हट रेष्टुरेन्टबाट एकलाख १५ हजार ६ सय ९५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका जुवाडेलाई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
Comments