भक्तपुर ३ साउन । भक्तपुरको चाँगुनारायण नगरापालिका १ न वडा निलबरही मन्दिर नजिक कृष्ण मोडमा क्रिश्रियन कम्युनिटि स्कुल मुलपानीको बिद्यार्थी बोकेर जाँदै गरेको बा १ च ९२५० नं को बस दुर्घटना भएको छ ।
उक्त वसमा ५७ जना बिद्यार्थी रहेको र केही बिद्यार्थी सामान्य घाईते रहेका छन् । उनीहरुको उपचार भक्तपुरको बिभिन्न अस्पतालमा भइहेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालय कुमार श्रेष्ठले जानकारी दिए । उक्त बसमा रहेका बिद्यार्थीको अवस्था सामान्य रहेको र उपाचार जारी रहेता पनि बसका सहचालकको अवस्था भने गम्भीर रहेको उनले जानकारी दिए ।
Comments