काठमाडौं ३ साउन । जुम्लामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउनको लागि सरकारले जुम्लामा हेलिकप्टर पठाएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएका हुन् । बुधबार बेलुका प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको बैठकले डा केसीलाई काठमाडौं ल्याउने निर्णय भए अनुसार हेलिकप्टर पठाएको मन्त्री पोखरेल जानकारी दिएका छन् ।
उहाँको जीवन रक्षा र स्वास्थ्य रक्षाका लागि सेनाको हेलिकोप्टर पठाएका छौं, मन्त्री पोखरेलले भने, शिक्षा मन्त्रालयको सचिव, स्वास्थ्यका सहसचिव पनि जानुभएको छ । उहाँलाई ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिन्छ । उहाँले अन्यत्र बस्ने इच्छा व्यक्त गर्नुभयो भने त्यो भावनालाई पनि ध्यान दिन्छौं ।
Comments