रुकुम, २ असार । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डीएसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए । मृतकको पहिचान हुन सकेको छैन् ।
१०/११ जना मानिस चढेको जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेको उनले जानकारी दिए ।
दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ ।
Comments