काठमाडौं २९ असार । बालुवाटारबाट गुन्डागर्दीमा सामेल भएको भन्दै पक्राउ परेका सत्यमान लामा जमानीमा रिहा भएका छन्। लामालाई जमानीमा रिहा गर्न प्रहरी परिसर प्रतिनिधि सभा सांसद नविना लामा पुगेकी थिइन् । सांसद लामाले सत्यमान गुण्डा नभई कायकर्ता भएको र उनलाई कसैले फसाउन लागेको बताएकी छन् ।
उनले सत्यमानसँग कुनै नाता नभई राजनीतिक नाता मात्र भएको बताएकी छन् । प्रहरीले गुन्डाका रुपमा समातेको सत्यमान काभ्रे तिमालका हुन्। सांसद लामाले भनिन्, उनी एमालेका राम्रा कार्यकर्ता हुन्। चुनावको समयमा सहयोग गरेका थिए। तर, उनलाई फसाउन गुन्डा भनिएको छ। उनी गुन्डा होइनन्। उनी राम्रा मालाका व्यापारी हुन्। सरकारबाट इजाजत लिएर कर तिरेर उनी व्यापार गरिररहेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप नगरेपछि उनी छुटेको परिसरका डिएसपी मोहन थापाले बताए। ‘सिडियो कार्यालयले जमानीमा रिहा गरेर अनुसन्धान गर्नु भनेपछि रिहा गरेका हौं, उनले भने।
Comments