काठमाडौं, २३ असार । रुसमा जारी फिफा विश्वकप २०१८ फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार राती भएको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई हराउँदै बेल्जियम अन्तिम चारमा प्रवेश गरेको छ । बेल्जियमले खेलको पहिलो हाफसम्म २–० गोलले अग्रता लिइरहेको थियो ।
प्रतिस्पर्धात्मक रहेको पहिलो हाफमा दुबै टोली आक्रामक रुपमा खेलेका थिए । तथापी खेलको १३ औ मिनेटमा ब्रजिलले आत्मघाती गोल गर्दै खेलमा १ गोलले पछि परेको थियो । बेल्जियमका भिन्सेन्ट कोम्पनीले गरेको हेडर ब्रजिलका फर्नान्डीन्होको कुहिनामा लागि गोल भएपछि बेल्जियमले खेलमा अग्रता लिएको थियो ।
बल पोसेसन र आक्रमणमा ब्रजिल अगाडि भएपनि बेल्जियमे खेलको ३१ औं मिनेटमा पुनः गोल गरेको थियो । बेल्जियमका रोमेलु लुकाकुले दिएको पासमा केभिन डे ब्रुनिले गाृल गर्दै ब्रजिलले खेलमा २–० को अग्रता लिन सफल भयो । पहिलो हाफमा थप गोल हुन सकेन ।
दोश्रो हाफको सुरु देखि आक्राकम भएको ब्रजिलले गोल पोस्टमा निकै शटहरु प्रहार गरेपनि बेल्जियमको रक्षा पंक्ति बचाएको थियो । यस खेलमा नेमारको जादु नचलेपनि खेलको ७६ औं मिनेटमा ब्रजिलका खेलाडी फिलिप कोटिन्होको पासमा रेनाटो अगस्टोले बेल्जियमका विरुद्ध गोल गर्दै २–१ बनाएका थिए ।
खेलको अन्तिम समयसम्म पनि निकै प्रयास गर्दै कुल ९ वटा शट गोल पोष्टमा प्रहार गरेको ब्रजिलले अरु गोल थप्न नसक्दा बेल्जियमसँग पराजित भइ क्वार्टरफाइनलबाटै आउट भएको छ । निकै प्रतिस्पर्धात्मक यस खेल जित्दै बेल्जियम सेमिफाइनल प्रवेश गरेको छ ।
बेल्जियमले सेमिफाइनलमा फ्रान्सको सामना गर्नु पर्नेछ भने अर्को दुई सेमिफाइनलको टोलीको टुंगो आज बेलकाको खेलबाट निर्धारण हुनेछ ।
Comments