भक्तपुर, ३१ जेठ । भक्तपुरको सल्लाघारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २१ वर्षीय शुन्दर खड्काको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते श्रेष्ठको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान साढे ३ बजेतिर ठिमीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ५५ प २५२७ नम्बरको मोटरसाइकल सडकमा अनियन्त्रित भर्इ पल्टिएको प्रहरीले जनाएको छ ।
Comments