काठमाडौं, ५ बैशाख । सरकारले सिण्डिकेट कायम गर्न आन्दोलनमा उत्रिने यातायात व्यवसायी तथा संघ र समितिहरुको बैंक खाता रोक्का गर्ने चेतावनी दिएको छ ।
‘सिण्डकेटको पक्षमा रहेका यातायात व्यवसायीको बैंक खाता रोकिदिनेसम्मको एक्सनमा जानेबारे योजना भइरहेको छ,’ गृहमन्त्रालयका एक अधिकारीले भने, ‘राज्यको नियम मान्दिन भन्नेलाई राज्यले उचित कारवाही गर्छ ।’
सरकारको निर्णयअनुसार यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयहरुका दर्ता गरेर व्यवसायिक कारोबार गर्दै आएका ३ सय भन्दा बढी यातायात समितिको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइसकेको छ ।
सरकारले हिजो सिण्डिकेट तोड्ने निर्णय गरेपछि व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गर्ने धम्की दिँदै आएका छन् । सरकारले यातायातसम्वन्धी समितिहरु खारेज गर्दै जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण नगर्ने निर्णय गरेको छ ।
गृहमन्त्रालयका ती अधिकारीका अनुसार प्रधानमन्त्री कार्यलय अन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागमार्फत उनीहरुका सबै बैंक खाता र आर्थिक कारोबार रोक्ने तथा व्यवसायीको आर्थिक स्रोतमाथि पनि छानबिन गर्ने सरकारको तयारी छ ।
व्यवसायीको बैंक खाता रोक्का गरिदिने तयारीमा सरकार
0
Share.
Comments