नेपालगन्ज ४ वैशाख । कटुवा पेस्तोलसहित दुई लायई बाँके हरीले पक्राउ गरेको छ । नेपालगञ्जस्थित संघीय प्रहरी एकाइ कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बाँके जानकी गाउँपालिका–६ का प्रमोदकुमार चमार र शोभाराम यादवलाई एक थान कटुवा पेस्तोलसहित सार्वजनिक गरिएको हो ।
प्रहरीले कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीन राउण्ड गोली समेत बरामद गरेको प्रहरीले जनाएको छ । कोहलपुर–नेपालगञ्जको सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा भे ३ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएको अवस्थामा प्रहरीले कटुवा पेस्तोल बरामद गरेको थियो ।
Comments