विराटनगर ४ वैशाख । भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई बाहिर हातामा बम विष्फोट गराइएको छ ।
जिल्ला प्रहरी कार्याल मोरङका अनुसार विराटनगर महानगरपालिका वडा नं १३ मा रहेको सम्पर्क कार्यालयलाई लक्षित गरी सोमवार साँझ साढे ८ बजे बम विष्फोट गराइएको जनाएको छ ।
विस्फोटबाट दूतावासको पर्खाल क्षति भएको समते प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रेसरकुकर बम बिस्फोट भएको प्रहरीले आशंका गरेको छ । बम विष्फोट कसले गराएको भन्ने विषयमा खुलेको छैन । तर, घटनामा विप्लव माओवादीको हात हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय २०६५ सालमा कोशी बाँध फुटेको बेला बाँध बनाउन भन्दै स्थापना गरिएको थियो । कोशी बाँध निर्माण भइसके पनि अझै कार्यालय हटेको छैन ।
Comments