विराटनगर ६ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाको तस्वीर विराटनगरमा प्रदर्शनीमा राखिएको छ । उक्त प्रदर्शनीमा ५६ तस्बीर रहेका छन् । जिपी कोइराला फाउण्डेसनले कोइरालाको आठौं पूण्यतिथिको अवसर पारेर आजदेखि फोटो प्रदर्शनी गरेको हो । प्रदर्शनीमा कोइरालाको विभिन्न समयमा खिचिएका तस्वीरहरु प्रदर्शनीमा राखिएको छ ।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गिरिजाप्रसाद कोइरालाको अगुवाइमा मुलुकमा ठूलो राजनीतिक उपलब्धी हासिल भएको र नेपाली जनता लोकतन्त्रको मालिक बनेको बताए । गिरिजाप्रसाद कोइरालाको सम्झनामा कोइरालाको स्मरणमा संग्रहालय स्थापना गर्न प्रदेश सरकार तत्पर रहेको उनले बताए ।
Comments