काठमाडौं ५ चैत । युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव बंगलादेश लैजाने तयारी भएको छ । सोमबार बिहान उनीहरुलाई नमाज–ए–जनाजा मुस्लिम धर्म अनुसारको अन्तिम श्रदान्जलि दिएर स्वदेश लग्ने तयारी भएको नेपालस्थित बंगलादेशी दूतावासले जनाएको छ ।
स्वदेश लैजानु अघि दूतावासका अधिकारी र काठमाडौंमा रहेका बंगलादेशी नागरिकले अन्तिम श्रदान्जली दिएका थिए । युएस–बंगला एयरलाइन्सको विमान गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा २३ बंगलादेशी नागरिकसहित ५१ जनाको मृत्यु भएको थियो ।
Comments