काठमाडौं, २९ फागुन । काठमाडौंको लाजिम्पाटबाट ५ किलो लागुऔषध चरेशसहित दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत दरबारमार्गको टोलीले नवलपरासी गैंडाकोटका ३५ वर्षिय विजय घर्तीमगर र कास्की नदीपुरका ३० वर्षिय सुमन रोक्कामगरलाई पक्राउ गरेको हो ।
सादा पोसाकमा खटीएको टोलीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरी वृत जनसेवाका डिएसपी दानबहादुर मल्लले जानकारी दिए ।
५ किलो चरेशसहित दुईजना पक्राउ
0
Share.
Comments