सिन्धुपाल्चोक, २९ फागुन । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा वर्षासँगै आएको चट्याङ लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हावाहुरीसहित परेको चट्याङ लागेर जुगल गाउँपालिका ४ घुवा बस्ने वर्ष २६ की तोकमाइ तामाङ र उनको एक वर्षको छोरीको हिजो दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार बाख्रा हेर्न गएको बेला उनीहरुलाई चट्याङले लागेको थियो । चट्याङले ५ वटा बाख्रासमेत मरेका छन् ।
चट्याङ लागेर आमा छोरीको मृत्यु
0
Share.
Comments