काठमाडौं, ९ फागुन । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा आज सबैरै बिहान भूकम्पको धक्का महसुस भएको छ । भूकम्प बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रेक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
खानी तथा भूगर्भ विभागले यो नयाँ भूकम्प नभएर ‘गोरखा भूकम्प’को परकम्प जनाएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि हालसम्म ४ ररेक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।
काठमाडौंमा बिहान भूकम्पको धक्का
0
Share.
Comments