काठमाडौं, २ माघ । सन् १९९० साल माघ २ गते गएको भूकम्पको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।
दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे न्यूरोडको भूगोल पार्कमा स्मृति सभा सम्पन्न भएपछि मूल समारोहको कार्यक्रम दिउँसो साढे १ बजे बसन्तपुरमा तय गरिएको छ ।
२०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
आज २० औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
0
Share.
Comments