भक्तपुर, १ माघ । भक्तपुरका बौद्धधर्मवालम्विहरुले सम्यकदान पर्व मनाउँदै छन । प्रत्येक बर्ष माघे संक्रान्तिका दिन भक्तपुरका पाँच दीपंकर बुद्ध लाइ दुधपाटी स्थित थथुवही विहारमा ल्याइ भूमिमा उव्जाउ हुने सबै प्रकारका अन्न,गेडागुडीहरुका साथै फलफुल र मिठाई प्रदान गरि सम्यक भोजन दान पर्व मनाइन्छ ।
लिच्छवीकालिन धार्मिक राजा वृषदेवको पालादेखि सम्यक दान पर्व मनाउदै अएको जनविस्वास छ । यो पर्व काठमाण्डौंमा १२ वर्षको एक पटक र ललितपुरमा पाँच बर्षको एक पटक मनाउदै आएको छ ।
यस पर्वमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दीक्षित भएर आएका गृहस्थ बौद्ध भिक्षुहरु लगाएत शाक्य र बज्राचार्यहरु लाइ भोजन,अन्न र दक्षिणा दानगर्ने चलन रहेको छ ।
सम्यक दान पर्वमा क्वाठण्डौ प्रशन्नशील महाविहार, साकोथा चतब्र्रम्ह महाविहार,गोल्मढी मङ्गल धर्मदीप विहार,इटाछें जयकिर्ति महाविहार ,भार्वाचो बौद्ध समकृत विहारको दीपंकर गरी पाँच दीपंकर बुद्ध लाइ भुमि वाट उव्जाउ हुने अन्न तथा तिल मिसाइएको भात चढाइन्छ । भक्तपुरका प्रमुख पाँच दीपंकर बुद्धको प्रतिमूर्तिहरुलाई सम्बन्धित विहारबाट वर्षमा २ पटकमात्र बाहिर ल्याई जात्रा गर्ने चलन छ । त्यसमध्येको एकदिन सम्यक दान पर्व पनि हो ।
माघे संक्रान्तिका अवसरमा भक्तपुरमा सम्यक दान पर्व मनाइँदै
0
Share.
Comments