भक्तपुर, ३० पुस । काभेको तिमाल गाउँपालिकाका मृगौला पीडित भोजबहादुर लामाको उपचारका लागी संकलित रकम आज पीडितका परिवारलाई प्रदान गरिएको छ । रफत सञ्चार कलबमा आयोजित एक कार्यक्रममा उक्त गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले मृगौला पीडित मिक्मार लामालाई नगद ११ लाख ३६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
तिमाल गाउँपालिका, ९ का २७ बर्षिय लामाको उपचारका लागी देश विदेशमा रहेका नेपालीहरुले उक्त रकम सहयोग गरेका हुन् । मृगौला पीडित लामाको भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको छ ।
Comments