भक्तपुर, २८ पुस । मानव बेचबिखन र लैङ्गिक हिंसा विरुद्ध विगत १० वर्षदेखि कार्यरत संस्था केआई नेपालले बैदेशिक रोजगारीको लागि दुबई पु¥याई पुनः भारतको एक होटलमा १२ दिनदेखि बन्धक बनाएर राखेकी २५ वर्षिया एक महिलाको उद्धार गरेको छ ।
विगत ७ महिना अघि बुटवलका कमल गुरुङ्गले दुबईमा जागिर लगाउने बहानामा नेपालगंज नाका हँुदै भारत लगिएकोे र टुरिस्ट भिजामा उनलाई दुबई पु¥याइएको थियो ।
दुबईको एक होटलमा दुई महिनासम्म काम गरेपछि मालिकले जागिरबाट निकालिदिएको र ५ महिनासम्म दुबईमा नै अलपत्र अवस्थामा रहेकी उक्त महिलालाई साथीको होटलमा काम लगाइदिन्छु भनी केही दिन पहिले भारतको नयाँदिल्लीस्थित एक होटलमा बन्धक बनाई राखेको र बारम्बार नेपाल फर्काउन आग्रह गर्दा समेत कुनै पहल नभएपछि पीडित महिलाले भारतस्थित केआई नेपालका प्रतिनीधिसंग सम्पर्क गरी दिल्ली महिला आयोग र के।
आई नेपालको पहलमा उक्त महिलालाई उद्धार गरी नेपाल फर्काइएको छ । दिल्ली प्रहरीका अनुसार उक्त पीडित महिलाले यथार्थ जानकारी प्रहरीसामु व्यक्त गरेपछि उद्धार कार्यमा अघि बढेको र छिटो उद्धार गर्न सफल भएको जानकारी दिएको छ, साथै अवको दिनहरुमा पनि उद्धारको कार्यमा सहकार्य गर्ने दिल्ली महिला आयोग प्रतिनिधिले बताए ।
हाल ३ महिनाको अवधिमा ४ महिला तथा ३ किशोरीको उद्धार गरी परिवारमा पुनर्मिलन गराउन सफल यस संस्थाले भारतको विभिन्न ठाउँमा रहेर बेचबिखनको जोखिममा रहेकाहरुको उद्धार र पुनस्र्थापना गरी सीप समेत सिकाई आत्मनिर्भर बनाउने र परिवार तथा समुदायमा पुनर्मिलन गराउने कार्यलाई निरन्तरता दिदै प्रभावकारी रुपमा अघि बढीरहेको संस्थाका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभएको छ ।
देशका विभिन्न ६ वटा शाखा कार्यालय मोरङ्ग, पर्सा, चितवन, रुपन्देही, कपिलवस्तु, बाँके मार्फत विभिन्न जिल्लाहरु सहित भारतबाट समेत मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्य गर्दै आइरहेको यस संस्थाले नेपाल भारत सीमामा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार गर्ने, उद्धार गरिएका महिला तथा बालिकाको पुनस्र्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा मद्धत गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने तथा समुदायमा सचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
Comments