। अप्सरा विष्ट ।
कालिकोट, २९ मंसिर । जिल्लाको शान्नि त्रिवेणि गाउँपालिका– ४ स्थित शान्नि घाटमा एक फ्रान्सेली नागरिकको शव फेला परेको छ ।
मुगुदेखि कर्णालीको चिसा पानी र्याप्टिङ गरी आउने क्रममा उक्त स्थानमा फ्रान्सका २४ बर्षिय भाईल नाम गरेका व्यत्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
चार दिन अघि मुगु गमगडिबाट कर्णाली नदिमा र्याफ्टिङ हिँडेका तीन जना मध्ये एक जनाको ढुङ्ग पल्टिएर को मुत्यु भएको प्रहरीले बताएको छ । मुगुबाट कर्णाली चिसापानी पुग्ने उद्देश्यले हिँडेको बताइएको छ ।
Comments