काठमाडौं, १ भदौ । चीनका उपप्रधानमन्त्री वाङ याङ नेपालको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । आज बिहान विशेष विमानबाट याङ चीनको राजधानी बेइजिङ फर्किएका हुन् ।
नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएको सोमबार उनी काठमाडौं आएका थिए ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदार्इ गरेका थिए ।
चिनियाँ उपप्रधानमन्त्री वाङ स्वदेश फिर्ता
0
Share.
Comments