चितवन, ९ असार । मुग्लिन–नारायणघाट सडकखण्डको कालीखोलामा गएको पहिरोमा प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । थप दुई प्रहरीहरु बेपत्ता भएका छन् ।
गएराति ११ बजेदेखि अवरुद्ध सडकमा माथिबाट खसेको पहिरोले ट्रक पुरिएको भन्ने खबर पाई इलाका प्रहरी कार्यालय मुग्लिनबाट कालीखोला पुगेको प्रहरीको भ्यान पुनः पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ना १ झ ९३ नम्बरको भ्यानमा इलाका प्रहरी कार्यालय मुग्लिनका असई निश्चल तामाङ, प्रहरी जवान सन्दीप कार्की, दीपककुमार मास्के र लीलबहादुर चेपाङ रहेका थिए ।
घटनास्थलमा उद्दारकार्य जारी छ । दुई जनाको शव निकालिएको छ र अन्य दुई जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका दुईजनाको खोजी भइरहेको छ ।
मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरोमा परी प्रहरीको भ्यान पुरियो
0
Share.
Comments