कपिलवस्तु । कपिलवस्तुका दुई स्थानीय तहमा निःशुल्क आँखा शिविरमार्फत् ३५८ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । नेत्रज्योति संघको आयोजनामा भएको शिविरमा जिल्लाका बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा सो संख्यामा शल्यक्रिया गरिएको हो ।
माघ ६ र ७ गते शिवराज नगरपालिकामा सञ्चालन गरिएको शिविरमा १५६ जनाको मोतिविन्दुको शल्यक्रिया र एक हजार ७४ जनाको आँखाको परीक्षण गरिएको थियो ।
त्यस्तै, बुद्धभूमि नगरपालिमा माघ ९ र १० गते सञ्चालित शिविरमा २०२ जनाको मोतिबिन्दुको शल्यक्रिया र एक हजार २९४ जनाको आँखा परीक्षण गरिएको अस्पतालका बाह्य कार्यक्रम संयोजक ओपेन्द्र चन्दले जानकारी दिए ।
शिविरमा ७२२ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको थियो । नेपाल नेत्रज्योति संघले विभिन्न अस्पताल तथा संघसंस्थाहरुसँगको सहकार्यमा देशैभरी निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।
प्रकाशित मितिः २०७९ माघ १२ बिहिबार
Comments