काठमाडौं । त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा पत्रकारलाई रोक लगाइएको छ । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेलमैदानमा जारी दीक्षान्त समारोहमा निजी सञ्चारमाध्यमका पत्रकारलाई रोक लगाइएको हो । सरकारी सञ्चारमाध्यमका पत्रकारलाई भने प्रवेश अनुमति दिइएको छ ।
करिब १० हजार विद्यार्थी दीक्षित हुँदै छन् । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायत व्यक्ति सहभागी हुने बताइएको छ ।
प्रकाशित मितिः २०७९ मंसिर २३ शुक्रबार
Comments