अस्ट्रेलियामा विद्यार्थी भिसा दर घट्यो

0

काठमाडौं । अध्ययनका लागि अस्ट्रेलिया आउन आवेदन दिएका नेपाली विद्यार्थीलाई दिने भिसा दर आधाले घटेको छ । अस्ट्रेलियाली गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली विद्यार्थीलाई दिइने भिसा दरमा आधाभन्दा बढीले कमी आएको देखिएको हो ।

त्यस्तै, नेपालबाट अध्ययनका लागि आउन चाहने नेपाली विद्यार्थीको भिसा आवेदनमा समेत गत वर्षको तुलनामा कमी आएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अलग–अलग शीर्षकमा छुट्याइएको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको आवेदनमध्ये यस वर्ष जम्मा ६८ प्रतिशतलाई भिसा दिइएको छ । यो गत वर्ष ९३ प्रतिशत थियो । तथ्यांकअनुसार भेट कोर्स (व्यावसायिक शिक्षा) अध्ययन गर्न आउने नेपाली विद्यार्थीको भिसा आवेदन झन्डै ९० प्रतिशतले खारेजीमा परेको छ । यस आर्थिक वर्षको सेप्टेम्बरसम्ममा भेट कोर्स अध्ययनका लागि आवेदन दिएका जम्मा १२ प्रतिशत आवेदनकर्ताले मात्र भिसा पाएका छन् । गत आर्थिक वर्षमा ६९ प्रतिशतले पाएका थिए ।

अस्ट्रेलियास्थित अध्यागमन विभागको तथ्यांकअनुसार अस्ट्रेलियामा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्यामा नेपाली अहिले पनि चीन र भारतपछि तेस्रो स्थानमा छन् । पछिल्लो समयमा अधिकांश नेपाली विद्यार्थीले आवेदनका क्रममा बुझाएका कागजपत्र नक्कली रहेको भन्दै कडाइ गरिएपछि नेपाली विद्यार्थीले भिसा पाउने दरमा व्यापक कमी आएको यस क्षेत्रका जानकारहरूको भनाइ छ । विद्यार्थीको आवेदन संख्यामा समेत यस वर्ष अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा कमी आएको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्षको सेप्टेम्बरसम्म अस्ट्रेलियामा अध्ययनका लागि २६ हजार बढीले आवेदन दिएका थिए । जसमा उच्च शिक्षा अध्ययनका लागि १३ हजार २ सय र भेट कोर्सका लागि करिब १३ हजारको आवेदन परेको थियो । यस वर्षको सोही समयमा उच्च शिक्षाका लागि ५ हजार २ सय र भेट कोर्सका लागि १ हजार ५ सयको मात्र आवेदन परेको छ । अस्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाता तथा माइग्रेसन एजेन्टहरूसमेत नेपाली विद्यार्थीहरूको भिसा दर पहिलेको तुलनामा धेरै कम भइरहेको स्विकार्छन् । उनीहरू पछिल्लो समयमा अस्ट्रेलिया सरकारले कडाइ गरेको भन्दा पनि नेपाली विद्यार्थीहरूले आवेदन दिँदा सही कागजपत्र पेस नगरेकाले समस्या आएको दाबी गर्छन् ।

अस्ट्रेलिया सरकारले नेपाली विद्यार्थीले दिएको आवेदनका कागजपत्र सक्कली नभएको पाएपछि केही महिना अघिदेखि पहिलेको तुलनामा कडाइका साथ जाँच गर्न थालेको हो । जसका कारण भिसा दरमा कमी आएको व्यवसायीको भनाइ छ ।

अस्ट्रेलियास्थित शैक्षिक परामर्शदाताहरूको साझा संगठन (एक्का) का पूर्वअध्यक्ष नीरज श्रेष्ठ पछिल्लो समयमा विश्वविद्यालयहरूले समेत भर्ना लिनका लागि गरिने प्रक्रियामा कडाइ गरेको बताउँछन् । विश्वविद्यालयमा अध्ययनका लागि आउन चाहेका विद्यार्थीको भिसा अध्यागमनले रद्द गरेको खण्डमा विश्वविद्यालयको रेटिङमा समेत असर पर्ने भएकाले उनीहरूले सीओई दिने समयमा नै कडाइ गर्ने गरेको उनको भनाइ छ । अस्ट्रेलिया अध्ययनका लागि आउँदा सही कागजपत्र बनाएर र अन्य कुरा बुझेर मात्र आउन विद्यार्थीलाई उनी सुझाव दिन्छन् ।

पछिल्लो समयमा यहाँस्थित शैक्षिक संस्थाले भर्नाका लागि सबै प्रक्रिया पूरा गरिसकेर सीओई दिइसकेपछि यदि अध्यागमनले भिसा रद्द गरेको खण्डमा विद्यार्थीले बुझाएको अग्रिम शुल्क फिर्ता नआउने समस्यासमेत देखिन थालेको छ । जसका लागि यहाँस्थित शैक्षिक संस्थाले अध्ययनका लागि दिने अफर लेटरमा उल्लेख गरिएको सर्तहरू राम्ररी अध्ययन गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

सबै विद्यार्थीको भिसा लाग्छ भन्ने ग्यारेन्टी नभएका कारण आफूले शैक्षिक संस्थाबाट आएको अफर लेटरमा रकम फिर्ता (रिफन्ड) सम्बन्धी के प्रावधान राखिएको छ, त्यसबारेमा स्पष्ट बुझ्नसमेत उनीहरूले विद्यार्थीलाई आग्रह गरेका छन् । लेटरमा राखिएको प्रावधानअनुसार नै नियमसंगत यहाँका शैक्षिक संस्थाले अग्रिम रूपमा बुझाएको शुल्क फिर्ता गर्ने गरेकाले हस्ताक्षर गर्नुपूर्व त्यसको अध्ययन गर्न महत्त्वपूर्ण रहेको उनीहरूको भनाइ छ ।

अस्ट्रेलियाको शिक्षा मन्त्रालयको गत अगस्ट महिनासम्मको तथ्यांकअनुसार यहाँका विभिन्न शैक्षिक संस्थामा ५२ हजार ७ सय २० नेपाली विद्यार्थी अध्ययनरत छन् । जसमध्ये झन्डै २१ हजार ५ सय नेपाली विद्यार्थी विभिन्न विषयमा ब्याचलर र ७ हजार ५ सय मास्टर्स अध्ययन गरिरहेका छन् । अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या समग्र अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा १० प्रतिशत रहेको छ जुन चीन र भारतपछिको तेस्रो हो ।

प्रकाशित मितिः २०७९ मंसिर ०९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション