जनकपुरधाम । सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१६ बस्ने ४५ वर्षीय कन्हाई चौधरी र महोत्तरीको बर्दिवास नगरपालिका ६ बस्ने २५ वर्षीय सुनिल आले मगर रहेका छन् ।
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ जंगलमा प्रदेश नं.२-०३-००४ प ७८८४ र ज ११ प ८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना भएको थियो ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments