काठमाडौं । आज मंगलबार बाला चतुर्दशी पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन पितृहरुको सम्झनामा हिन्दु धर्माबलम्बीहरुले सतबीज छरेर यो पर्व मनाउने गर्छन् । पशुपतिनाथ लगायत देशका विभिन्न तीर्थस्थलहरुमा मंगलबार बिहानदेखि नै सतबीज छर्नेहरुको भीड लागेको छ । यो पर्वमा पशुपतिनाथमा विशेष भीड लाग्ने गर्दछ ।
सोमबार त्रयोदशीका दिनदेखि तीर्थस्थलमा गई पितृका नाममा बत्ति बाल्ने तथा दीपदान गरी बस्ने गर्दछन् । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै सतबीज छर्ने गर्छन् । सतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो लगायत पर्दछन् ।
यस दिन सतबीज छर्दा देहान्तपछि अलपत्र परेका आत्मा वा नरकमा परेकाहरुको उद्धार भई बैकुण्ठमा बास पाउँछन् भन्ने शास्त्रीय मान्यता समेत रहेको छ ।
प्रकाशित मितिः २०७९ मंसिर ०६ मंगलबार
Comments