चितवन । जिल्लामा एक हजार २६ जनामा डेंगुको संक्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो। ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन्। दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। उनका अनुसार डेंगुका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ।
जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेंगु संक्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ।
प्रकाशित मितिः २०७९ असोज २१ शुक्रबार
Comments