काठमाडौं । आज पनि मान्यजनका हातबाट दशैंको टीका र जमरा लगाइँदैछ ।
दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको मूल दिन मात्र टीका लगाउने गरिन्छ ।
विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ ।
आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो ।
बडादशैंको टीकासँगै सहरी क्षेत्रमा पनि चहल पहल बढेको छ । दसैं मनाउन गाउँघर गएकाहरु काठमाडौंलगायतका सहरी क्षेत्रमा पुनः फर्किन थालेका छन् ।
प्रकाशित मितिः २०७९ असोज २० विहीबार
Comments