बैतडी । बैतडीमा अटो र मोटरसाइकल एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन् । बुधबार दिउँसो महाकाली राजमार्गको डिलाशैनी गाउँपालिका—६ को बांगाबगरमा अटो र मोटरसाइकल ठोक्किएका हुन् ।
दुर्घटनामा परी अटो र मोटरसाइकल चालक र अटोमा सवार ३ जना यात्रु गरी ५ जना घाइते भएका प्रहरीचौकी गोकुलेश्वरका इन्चार्ज नरेन्द्र धामीले बताए । उनका अनुसार घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था खतरामुक्त्त रहेको उनले बताए ।
प्रकाशित मितिः २०७९ असार १५ बुधबार
Comments