काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा मात्र १७ जना र ललितपुरमा ६ जना संक्रमित थपिएका छन् । भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १२९ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ८८ जना, भक्तपुरमा ११ जना र ललितपुर जिल्लामा ३० सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ पुगेको छ । आज थप १७ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ४२६ पुगेको छ ।
प्रकाशित मितिः २०७९ असार १४ मंगलबार
Comments